काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।
फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा नेता खनालले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
नेता खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गर्दै अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने बताए । यसको समाधानका लागि नेता खनालले नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताए ।