• जेष्ठ १ २०८३, शुक्रबार

धरानका सुकुम्बासीले भिआईपीको सुविधा खारेज गर्न गरे माग

असार २९ २०७९, बुधबार

काठमाडौँ । उच्च पदस्थ व्यक्ति (भिआईपी) हरूको सेवासुविधा खारेजीको माग गर्दै धरानमा आन्दोलन सुरु भएको छ ।

सुकुम्बासीहरूको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरूको सुविधा खारेजीको माग गरेका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा भानुचाकेमा भुमिहीन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन भिआईपीहरूको सेवासुविधा खारेजी हुनुपर्ने बताएका हुन् ।

समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकटले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरूलाई दिदै आएको सेवासुविधा खारेज हुनुपर्ने बताए । सुविधा खारेज भए देश आर्थिक संकटबाट जोगिने उनको तर्क छ ।

कार्कीले देशलाई माया गर्ने उच्च पदस्थ व्यक्तिहरूलाई तत्काल आफूले लिँदै आएको सुविधा फिर्ता गर्न पनि अनुरोध गरे ।