• बैशाख २४ २०८३, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन

असार २८ २०७९, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा आज (मंगलबार) युवा संघका कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

काठमाडौमा माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए ।