काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको भेटमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने विषयमा कुराकानी भएको बताएका छन् ।
आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस नेताहरूसँग छलफल गरेका थिए । उक्त भेटबारे विभिन्न अनुमानहरू बाहिरिएको भन्दै थापाले भेटमा भएको कुराकानीबारे ७ बुँदा सार्वजनिक गरेका छन् ।
जसमध्ये पाँचौँ बुँदामा थापाले भनेका छन्, ‘काँग्रेस चीनबाट भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख् । यस सन्दर्भमा चीन सरकारले बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ ।’