काठमाडौं । अर्थमन्त्रालयको सिसिटिभी फुटेज प्रकरण छानबिन गर्न गठिन संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
मङ्गलवार बसेको समितिको बैठकले सिसिटिभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
अर्यालले निर्णयबारे भने, ‘बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात झिकाउने निर्णय भएको छ ।’