काठमाडौं । साउने सक्रान्तिको अबसरमा मगर समूदायले काठमाडौंको थानकोटको त्रिभूवन पार्कमा साउने सकराइ/उधेलि पर्व २०७९ मनाउने भएका छन् ।
अठार मगरात मगर प्रतिस्थापन लगाएत विभिन्न सघ सस्थाका ७ वटा सहआयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि पूर्वसभामुख ओनसरी घर्ती रहने छिन् । कार्यक्रमको उद्देश्य आफ्नो धर्म संस्कृति र चाड पर्वहरुको जर्गेना गर्न ठुलो योगदान पुर्याउने विश्वास लिएको छ ।
मगर समुदायले साउन १ गते मौलिक पर्व राके सकरातीमा लुतो फाल्ने र आगो पानी भुमी पुजा दमा बाजा बन्द गर्ने गर्दछन भने साेही दिनदेखि मादल बाजा फुकाउने र नयाँ नाच पैस्यारु सिङगारु सरङ्या नाचको आरम्भ गर्ने चलन रहेकाे छ ।
कार्यक्रमको आकर्षणमा सरङङ्या,पैसयारु, भुम्या, जोरा नाच , रोटी अचार प्रतियोगिता लोक दोहरी, लुतो फाल्ने लगायतको कार्यक्रम रहेको छ । साथै बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रमका साथै अठार मगरात सास्कृतिक संघका कलाकारहरुले आफ्नो कला प्रस्तुति गर्नेछन् । कार्यक्रम विहान ११ बजेबाट शुरु हुनेछ ।
साउन १ मा असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।