• जेष्ठ १ २०८३, शुक्रबार

एसईईको नतिजा साउन पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी

असार २८ २०७९, मंगलवार

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।

असार मसान्तभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी भए पनि उत्तरपुस्तिका ढिलाईका कारण साउनको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारीमा रहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।