• जेष्ठ १ २०८३, शुक्रबार

काँग्रेस बैठकमा प्रत्येक मान्छेलाई ७ मिनेट समय छुटाइयो

असार २७ २०७९, सोमबार

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको छ । बैठकको पहिलो दिन सातवटै प्रदेशका सभापतिहरूले धारणा राख्दैछन् ।

पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ ।

बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उनले बताए । उनले भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रस्ट पारे ।

‘पार्टीका विभागहरु गठनको काम पनि भइरहेको छ,’ उनले भने, ‘बैठकको मुख्य उद्देश्य भनेको भ्रातृ संस्थाको गतिशीलता, दोस्रो भनेको चुनावको समीक्षा र गठबन्धनको समीक्षा गरेर आगामी चुनावका लागि रणनीति तय गर्नु नै हो ।’

सात प्रदेशका सभापतिहरूले चुनावी अनुभवलाई बैठकमा सुनाएको उनले बताए । ‘

कति ठाउँमा गठबन्धन सफल र कतिपय ठाउँमा असफल भएको उहाँहरुको कुरा छ,’ प्रवक्ता महतले भने, ‘काँग्रेस भने गठबन्धनमा इमानदार भएको छ, कहीँ अपवाद भए होला, उम्मेदवारको प्रकृति र जनाधारको आधारमा तर गठबन्धनप्रति काँग्रेस इमानदार छ ।’

उनले संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या रहेको पनि बताए । उपसभामुख नहुँदा त्यस्तो समस्या देखिएको भन्दै उनले उपसभामुख चयन भएपछि यो समस्या समाधान हुने बताए ।

उनले भने, ‘निर्वाचन पनि नहुने अनि संवैधानिक परिषद्को बैठक पनि नहुने भन्ने हुन्छ र रु त्यसकारण आवश्यकताअनुसार जहाँ समस्या छ, त्यो सुधार हुन सक्ला ।’

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको छ । बैठकको पहिलो दिन सातवटै प्रदेशका सभापतिहरूले धारणा राख्दैछन् ।

पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ ।

बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उनले बताए । उनले भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रस्ट पारे ।

‘पार्टीका विभागहरु गठनको काम पनि भइरहेको छ,’ उनले भने, ‘बैठकको मुख्य उद्देश्य भनेको भ्रातृ संस्थाको गतिशीलता, दोस्रो भनेको चुनावको समीक्षा र गठबन्धनको समीक्षा गरेर आगामी चुनावका लागि रणनीति तय गर्नु नै हो ।’

सात प्रदेशका सभापतिहरूले चुनावी अनुभवलाई बैठकमा सुनाएको उनले बताए । ‘कति ठाउँमा गठबन्धन सफल र कतिपय ठाउँमा असफल भएको उहाँहरुको कुरा छ,’ प्रवक्ता महतले भने, ‘काँग्रेस भने गठबन्धनमा इमानदार भएको छ, कहीँ अपवाद भए होला, उम्मेदवारको प्रकृति र जनाधारको आधारमा तर गठबन्धनप्रति काँग्रेस इमानदार छ ।’