• बैशाख २३ २०८३, बुधबार

कांग्रेस पदाधिकारी बैठक: दुई भातृ संस्था र ९ शुभेच्छुक संस्था थप गर्ने निर्णय

असार २६ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने भएको छ ।

आज (आइतबार) बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गरेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार भ्रातृ संस्थाकोरुपमा नेपाल थारु सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घले मान्यता पाउने भएका छन् ।

त्यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक सङ्घ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक सङ्घ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक सङ्घलाई शुभेच्छुक संस्थाकोरुपमा मान्यता दिने तयारी भएको ती नेताको भनाइ छ ।

पदाधिकारीले पास गरेको यो प्रस्ताव सोमबारदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भातृ तथा शुभेच्छुक संस्थाकोरुपमा अनुमति प्रदान गर्नेछ ।