• जेष्ठ १ २०८३, शुक्रबार

खेल चलिरहँदा पोखरा रङ्गशालाको कभर्ड हलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

असार २६ २०७९, आईतवार

काठमाडौंँ । रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ ।
आज आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो ।

कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेको बेला आगलागी भएपछि खेल स्थगति भएको छ ।

पोखरा महानगरपालिकाको वारुण यन्त्रले आगो निभाएको छ । आगलागीबाट के, कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।