रोल्पा। परिवर्तन गाउँपालिकाको जंगलमा एक युवकको शव फेला परेको छ ।
गत असार २३ गते परिवर्तन गाउँपालिका वडा नं १ घमेरी सामुदायिक वनको जंगलमा मृतकको शव फेला परेको हो । मृतकको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पुरुषको सडेको शरीर दुर्गन्धित अवस्थामा फेला परेको थियो । जिल्लाको रेउघा अस्पतालको लाश घरमा उनको शव राखिएको छ । उनका आफन्त तथा नातेदारलाई लाश सनाखतको लागि सम्पर्क राख्न अनुरोध गरिएको छ । 