• बैशाख २३ २०८३, बुधबार

चिनियाँ विदेश विभाग प्रमुख नेपाल आइपुगे, क-कसलाई भेट्दैछन् ?

असार २६ २०७९, आईतवार

काठमाडाैँ । चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज काठमाडौं आइपुगेका छन् । ८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै लिउ नेपाल आइपुगेका हुन् ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले साँझ परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्ने कार्यक्रम छ ।