• बैशाख २३ २०८३, बुधबार

मुलुकको अर्थतन्त्रमा सरकार सचेत छ – सञ्चारमन्त्री कार्की

असार २५ २०७९, शनिबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सरकार सचेत भएको बताउनु भएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।

उहाँले मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत भएको बताउदै श्रीलंकाको बाटोतर्फ गईरहेको छ भन्ने भनाईमा कुनै सत्याता नभएको दावी गरे ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्‍याए ।

मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गरे । मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे ।