• जेष्ठ १ २०८३, शुक्रबार

माओवादी केन्द्रीय समिति बैठक: १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन

असार २३ २०७९, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ ।

बिहीबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्र निकट स्रोतले बताएको छ ।