काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी गठन गरेको छ । पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकलाई जानकारी दिए ।
स्थायी कमिटीमा रहनेमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहत आयोगका अध्यक्षलगायत रहनेछन् ।
यस्तै कही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको प्रचण्डले बैठकमा जानकारी दिए । केन्द्रीय समिति बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको एक नेताले जानकारी दिए ।