काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुन भएको निर्वाचनमा झडप भएको छ । गत ३० बैशाखको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै स्थगित भएको थियो ।
बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो। झडपमा परेर जसमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र एक स्थानीय सीता थापा घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाचन्द्र अधिकारीले जानकारी दिए ।
दुई पक्षबीच विवादले केही समय मतदानसमेत रोकिएको छ ।