काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी, गजल र स्टिकर सामग्री हटाउने अभियान शुरु गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानुन विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेटाउन लगाउने अभियान सञ्चालन गरेको छ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि हटाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ।