काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्री नियुक्त नहुने भएको छ।
बजेटको विषयमा सिसिटिभी फुटेज डिलिट गरेको जवाफपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन्।
उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गरेको र समितिलाई १० दिनको समय दिइएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार छानबिन अवधिभर नयाँ व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरिने छैन। प्रधानमन्त्री देउवाले अर्थको जिम्मेवारी आफैँसँग राख्नेछन्।