काठमाडौं । नदीमा डुबेर बर्दियामा बेपत्ता एक युवकको शव भारतमा फेला परेको छ ।
आइतबारदेखि बेपत्ता राजापुर नगरपालिका ४ दलैका १६ वर्षिय कौसल चौधरीको शव भारतको बहराइच जिल्ला स्थित कैलाशपुरी ब्यारेजमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
युवकको शव भारतीयको समन्वयमा नेपाल ल्याउने तयारी भैरहेको छ । गर्मीबाट केहि हल्का हुन युवक कर्णाली नदीमा आइतबार दिउँसो नुहाउन गएका चौधरी बेपत्ता भएका थिए ।