काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने बताएका छन् ।
विप्लवले पार्टी प्रवेश कार्यक्रममा सो कुरा बताएका हुन् । ‘नाम नै त नलिऊँ, मेरा केही पुराना मित्रहरुले विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीलाई प्रतिबन्ध लगाउन खोज्दैछ भन्छन्। लाउने पनि हो,’ उनले सम्बोधनको क्रममा भने।
उनले देश बेचेर खानेलाई १० वर्ष प्रतिबन्ध लगाएर भोट हाल्न नदिने पनि बताए ।