• जेष्ठ १ २०८३, शुक्रबार

जेलमा गएर गुण्डा नाइकेलाई भेटेको आरोपमा डीएसपी केसी कारबाहीमा

असार २२ २०७९, बुधबार

काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न कारागार पुगेको आरोपमा स्वयम्भूका तत्कालीन प्रहरी नायव उपरिक्षक मिलन केसी कारबाहीमा परेका छन् ।

बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरको आरोपमा पुर्पक्षमा कारागारमा छन् ।

डीएसपी केसीलाई विभागीय कारबाही स्वरुप नसियत दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता थथा एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । उनलाई रेकर्डमा जनिने गरी नसियत दिइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले डीएसपी केसीलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको थियो। सोही अनुसार उनलाई कारबाही गरिएको हो।