• जेष्ठ १ २०८३, शुक्रबार

आइतबार देशभर सार्वजनिक विदा

असार २२ २०७९, बुधबार

काठमाडौं । सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिए।