• जेष्ठ १ २०८३, शुक्रबार

युटुबमा अश्लिल भिडियो राखेर तहल्का मच्चाउने लामा काठमाडौंबाट कर्यापझ्याप

असार २१ २०७९, मंगलवार

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा अश्लील शीर्षकहरू राखेर भिडिओ अपलोड गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी– ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन् ।

उनी काठमाडौंको बौद्धमा बस्दै आएका थिए । लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ ।