• जेष्ठ १ २०८३, शुक्रबार

जिल्लादेखि सर्वोच्चसम्म ७० न्यायाधीश पद रिक्त

असार २१ २०७९, मंगलवार

काठमाडौं । जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको रिक्त दरबन्दी संख्या ७० पुगेको छ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र तेजबहादुर केसी अनिवार्य अवकाशमा गएपछि दुई वटा कोटा खाली छ । हाल प्रधानन्यायाधीश पनि निलम्बनमा छन् । उच्चमा न्यायाधीशका १९ पद रिक्त छन् ।

जिल्लामा पुग्दा यो संख्या दोब्बर बढी छ । जिल्ला अदालतमा ४४ जना न्यायाधीशको पद खाली छन्। न्यायाधीश रिक्त भएको लामो समय हुँदा पनि पदपूर्ति हुन सकेको छैन।

उच्च अदालतमा न्यायाधीशहरुको उमेरहदका कारण अबकास भएपछि नियुक्त भएका छैनन् । दिपायल र सुर्खेतबाहेकका उच्च अदालतमा पनि मुख्य न्यायाधीश छैनन्। ती अदालत कामु मुख्य न्यायाधीशका भरमा चलिरहेको छ।