• जेष्ठ १ २०८३, शुक्रबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना कम्तिमा ६ जनाको मृत्यु

असार २१ २०७९, मंगलवार

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको । दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए ।

उनले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको उनले बताए ।

घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिइन् ।