• जेष्ठ १ २०८३, शुक्रबार

आईजीपी बढुवाविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा राखियो

असार १९ २०७९, आईतवार

काठमाडौं । आईजीपी बढुवा विरुद्धको मुद्दा आइतबार पनि फेरि हेर्दाहेर्दैमा राखिएको छ ।

एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो।

आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए ।