काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरेका छन् ।
कांग्रेस सभापति देउवासंग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने युनियनको महाधिवेशन तयारीलगायत विषयमा जानकारी गराएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन साउन ६ गते हुने बताइएको छ । उद्घाटनका लागि प्रधानमन्त्री देउवालाई प्रमुख अतिथिका रुपमा निमन्त्रणासमेत गरेको अध्यक्ष सिग्देलले बताए ।
भेटमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, युनियनका अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए ।