बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।
भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए ।
सोही क्रममा ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमार बेपत्ता भएका थिए भन २७ वर्षीय सुमन साहको स्थानीयले उद्धार गरेका थिए ।
बेपत्ता दुईजनाको शव वृन्दावन नगरपालिका–१ सल्लेरी नदि किनारमा भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताए ।
उनीहरू BR 01 HF 6619 नम्बरको कार चढेर नेपाल आएका थिए ।
बेपताको खोजी शनिबार देखिनै जारी थियो ।