काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ । आज (आइतबार) दिउँसो १ बजेबाट बैठक सुरु भएको स्थायी कमिटी सदस्य शक्तिबहादु बस्नेतले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्ने बताइउको छ ।
गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।
माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् ।
राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।