काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा भवनमामा बस्दैछ ।
आज (आइतबार)देखि सुरु हुने उक्त बैठकमा देशभरबाट नेताहरु काठमाडौं पुगिसकेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्तिबहादु बस्नेतले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् ।
केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ ।
गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।
माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् ।
राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।