• बैशाख २३ २०८३, बुधबार

माधव नेपाललाई भेट्न पुगे नवनियुक्त भारतीय राजदूत श्रीवास्तव

असार १८ २०७९, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव भेट्न पुगेका छन् ।

काठमाडौँको कोटेश्वरस्थित निवासमा उनीहरुबीच नेपाल–भारत सम्बन्धनका विविध पक्षमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत् राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना समेत नेपालले दिए ।