• बैशाख २३ २०८३, बुधबार

माधव नेपाल र भारतका राजदूतबिच भेटघाट

असार १८ २०७९, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी )एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आज भेटघाट भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा गरेका थिए । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको थियो । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएका थिए ।