• बैशाख २३ २०८३, बुधबार

आगामी चुनावका लागि माओवादी केन्द्रले चुनावी समीक्षा गदै

असार १८ २०७९, शनिबार

महोत्तरी । नेकपा (माओवादी केन्द्र) महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ । १८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समीक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए ।

निर्वाचनको विषयलाई लिएर दुर्इ पक्षबीच बढ्दै गएको दुरीलार्इ ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकाहरु गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन समीक्षा अगाडि वढाउने संयोजक ढुंगनाले जानकारी दिए ।

१८ असारमा बर्दिबासको माइस्थान स्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा हुनेछ ।

बर्दिबासको बिषयलाइ लिएर पनि नेताहरुबीच अनेकौ टीकाटिप्णी भइरहेको छ । राजु खडका पक्षले निर्वाचनमा पराजयको कारक गिरिराजमणि पोखरेल समूहलाई दिएको छ भने पोखरेल समूहले त्यसलाई अस्विकार गर्दै आएको छ ।

आगामी संघ र प्रदेशसभाको निर्वाचनमा पनि थप थलफल गरिने माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।