• बैशाख २३ २०८३, बुधबार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका यी हुन् २१ जना केन्द्रीय सदस्य (सूचीसहित)

असार १७ २०७९, शुक्रबार

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ । उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।