• बैशाख २३ २०८३, बुधबार

बजेट आश्रित ३ वटा विधेयक राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा फिर्ता

असार १७ २०७९, शुक्रबार

राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधि सभामा पठाइएको छ ।

उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधि सभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो ।

अब प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपति कहाँ पठाइन्छ ।

प्रतिनिधि सभाको बैठक २० असारमा बोलाइएको छ ।