बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
हेटौंडाबाट बारा आउँदै गरेको ना६ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४२४२ नम्बरको मिनी ट्रक उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ ।
उक्त दुर्घटनामा ना६ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।