रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ ।
गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत कुमार थापाले ४ हजार ५ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार जनक खड्काले ३ हजार २ सय ६७ मत पाए ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादीकी उम्मेदवार दिलकुमारी गुरुङले ४ हजार ३ सय ६० मत प्राप्त गरी विजय भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी मुन्नीदेवी रोका क्षेत्री ३ हजार २ सय ५४ मत पाइन् ।