• बैशाख २३ २०८३, बुधबार

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

जेष्ठ १ २०७९, आईतवार

बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ।

गाउँपालिका अध्यक्षमा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन्।

आइतबार सम्पन्न मतपरिणामअनुसार अध्यक्षमा चन्द १३ सय मतान्तरले विजयी भएका छन्।

उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन्।

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका राजेन्द्र चन्दले २ हजार ५ सय मत पाए।

पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन्। वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन्।

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द विजयी भएका छन्।

वडा नं ४ मा नेपाली कांग्रेसका नरेश चन्द विजयी हुदाँ वडा नं. ५ मा एमालेका राम सिंह पुजारा विजयी भए।

वडा नं. ६ मा एमालेका जनक बहादुर चन्द विजयी भएकाछन्। पञ्चेश्वरमा सत्ता साझेदार दलहरुसँग एमाले एक्लै लडेको थियो।