• बैशाख २३ २०८३, बुधबार

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

बैशाख ३१ २०७९, शनिबार

काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत ल्याएर पराजित भएका छन्।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै अमृता बोहराले ७५९ मत ल्याएर विजयी हुँदा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी छन् ।

माओवादीले सो गाउँपालिकाको तीनवटा वडा अध्यक्ष पनि जितेको छ । त्यहाँ कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेता पनि माओवादीले बाजी मारेको हो ।