• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचन : मतदानको निर्धारित समय सकियो

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो।

निर्वाचन आयोगका अनुसार ५ बजेभन्दा अगाडि मतदान स्थलमा उपस्थित भई मत हाल्न लाममा बसेकाहरुले भने मतदान गर्न समय पाउनेछन् । तर ५ बजेभन्दा पछि मतदान गर्न आउनेहरुले भने मतदान गर्न पाउने छैनन् र

शुक्रबार मतदानका क्रममा देशका विभिन्न ठाउँमा विवादसँगै झडप भए पनि शान्तिपूर्वक मतदान भएको आयोगले जनाएको छ ।