काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफल हुनु अघि सत्ता गठबन्धनमा आवद्व दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र एकीकृत समाजवादीकै वरिष्ठ नेता झलनाथ खनालबीच बिहीबार बिहान छलफल भएको हो ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा तीनै जना नेताबीच एमसिसीको पक्षमा नउभिने सहमति भएको बुझिएको छ।
बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। उक्त बैठकमा एमसिसीबारे छलफल हुनेछ । अघिल्लो बैठकमा एमसिसी टेबल भैसकेको छ। एमसिसीबारे गठबन्धनमा आवद्व दलहरुकै मत विभाजित छ।