• बैशाख २२ २०८३, मंगलवार

बालाजु क्षेत्रबाट लागू औषधसहित दुई जना पक्राउ

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौं । काठमाडौंस्थित बालाजु क्षेत्रबाट प्रहरीले लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ लामबगर घर भई २४ वर्षीय प्रवीण महर्जन र सोही नगरपालिका बस्‍ने ३० वर्षीय सुशील श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट तथा प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नुफिन ३२/३२ थान गरी ९६ थान एक्पुल सेट, ओप्पो, सामसुङ र रेडमी कम्पनीको तीनवटा मोबाइल र नगद ६१ हजार रुपैयाँ बरामद गरेको छ ।