• बैशाख २२ २०८३, मंगलवार

एमाले जनताबाट जन्मिएको जनताका लागि बनेको पार्टी हो,फेरी उदाउँछ : ओली

फाल्गुन ११ २०७८, बुधबार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताबाट जन्मिएको पार्टी भएको बताउदै आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताएका छन् ।

आफ्नो जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी भएको बताउदै एमाले पार्टी फेरि उदाउने बताएका हुन् ।

उनले भने ‘एमाले फेरि आउँछ किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो, जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो, त्यसैले यसले जनताको स्नेह प्राप्त गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ ।’

ओलीले आफूलाई फाँसीको माग गर्दै जेल सजाय हुँदासमेत जनताको माया र सहयोग पाएर जेलमुक्त भएको र अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताए ।