• बैशाख २२ २०८३, मंगलवार

लोसपा नेता बृषेशचन्द्र र विजयकुमारद्वारा पार्टी परित्याग

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन्।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन्।

मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन्।

धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा केहीदिनअघिमात्र तमलोपा दर्ता भएको हो।