• बैशाख २२ २०८३, मंगलवार

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौँ। भक्तपुरको सानोठिमी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैजनालाई प्रहरी वृत्त भक्तपुरमा रखिएको छ।

पक्राउ परेका ८१ जनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। यसअघि मध्यबानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको थियो ।