• बैशाख २२ २०८३, मंगलवार

काठमाडौँको बलम्बुमा बालकको शव फेला

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौँ। चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि –१२स्थित खुसीखोलामा डुबिरहेका अवस्थामा मंगलबार बिहान बालकको शव फेला परेको हो ।

सुनसरी धरान उपमहानगरपालिका –७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दैआएका एक बालकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फरेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । शवमा कुनै चोटपटक नदेखिएको प्रहरीले बताएको छ । मृत्युका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।