• बैशाख २२ २०८३, मंगलवार

एमसिसी विरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौँ। एमसिसीविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । सोमबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकता विरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै सर्वोच्चमा रिट पेश गरेका थिए ।

तर मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको छ । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको हो ।