काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै दाहालले यस्ताे बताएका हुन् ।
उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुङ्गिने बताएको जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले भने, ‘उहाँले यो गठबन्धन पनि बचाउनुपर्छ, एमसिसी पनि समस्या समाधान हुनुपर्याे भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसिसी त अब प्रक्रियाबाट टुङ्गिन्छ भनेँ ।’