काठमाडौँ। काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।
अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए। आफूलाई दिएको पचास लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन्।
सञ्चालक अग्रवाल गत पुसमा कारोबार छोडेर सपरिवार भारत गएका थिए । उनको परिवार नै सम्पर्कविहीन भएपछि करोडौं ऋण लगानी गरेका विभिन्न बैंकले ग्रिनलाइनमा ताला लगाएका छन्।
पुस २२ गते सम्पर्कविहीन भएका उनी सम्पर्कविहिन भएको समाचार बाहिर आएपछि माघ २७ गते काठमाडौं फर्किएका थिए।