काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
सोमबार बिहान अध्यक्ष प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा स्वागत गर्दै मधेश प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै रहेको पुन: दोहोर्याए । उनले मधेसमा मात्र नभई देशभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको धारणा राखे।
यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् ।
यस्तै सुदुरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्ट प्रवेश गरेको मओवादी केन्द्रले जनाएको छ।